काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने दाबी गरेका छन् ।
सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने पवित्र उद्देश्यका साथ बनेको गठबन्धनले मंसिर ४ को निर्वाचनमा जनताले जवाफ दिने बताए ।
उनले भने, ‘हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ । हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ। ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए ।
जनताले राम्रो कामका लागि मौका दिएका थिए। तर, जनताको विश्वासको कदर भएन । लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम भयो । संघीयतालाई समाप्त पार्ने आशंका भयो। उपलब्धि नै धरापमा पर्यो ।’
व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति देखा परको बताए ।
‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन। उनले आफूलाई एक मात्रै ज्ञान भएको व्यक्ति ठान्छ । त्यस्तो व्यक्ति केही समयमा आफै समाप्त हुन्छ । हिटलरको शैलीमा’ उनले भने ।
उनले ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको उनको भनाइ छ । कांग्रेस र कम्युनिष्टबीच यसअघि पनि उपलब्धि रक्षाको लागि सहकार्य भएको स्मरण गरे ।




















प्रतिक्रिया