Logo

प्रमुख समाचार

गठबन्धनको बहुमत आए कार्यकर्तालाई नियुक्तिका अवसरै अवसर : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने दाबी गरेका छन् ।

विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुमतपछि प्राप्त हुने नियुक्तिले असन्तुष्ट कार्यकर्ताको अनुहार उज्यालो हुने दाबी गरेका हुन् ।

‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ । आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’ प्रचण्डले भने ।

शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको तर्क गर्दै दाहालले कुनै अप्ठ्यारो नमानेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।