काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने दाबी गरेका छन् ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुमतपछि प्राप्त हुने नियुक्तिले असन्तुष्ट कार्यकर्ताको अनुहार उज्यालो हुने दाबी गरेका हुन् ।
‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ । आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’ प्रचण्डले भने ।
शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको तर्क गर्दै दाहालले कुनै अप्ठ्यारो नमानेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए ।




















प्रतिक्रिया