काठमाडौं । डलर अर्बपति एव नेवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले नीतिगत सुधारका लागि आफू प्रत्यक्ष चुनाव नै लड्ने निर्णयमा पुगेका बताएका छन् । दुईपटक समानुपातिक सांसद् हुँदा पनि अपेक्षा अनुसार सुधार हुन गर्न नसकेको भन्दै उनले प्रत्यक्षमै चुनाव लड्न लागेका बताए ।
उम्मेदवारी दर्तापछि निर्वाचन क्षेत्रमै व्यस्त रहेका उनी दीपावलीको अवसरमा काठमाडौं आउँदा उद्योगी व्यवसायीसँग भएको भेटवार्ता यस्तो बताएका हुन् । ‘दुईपटक समानुपातिक सांसद् हुँदा पनि अपेक्षा अनुसार सुधार हुन गर्न सकिएन,’ चौधरीले भने, ‘प्रत्यक्ष निर्वाचित भएर आउँदा नीतिगत सुधार गर्न सकिन्छ भन्ने विश्वास छ ।’
उनले उद्योगी व्यवासायीहरुसँग आगामी निर्वाचनमा सहयोग गर्न आग्रह पनि गरे । ‘तपाईंहरुले तन र मनले सहयोग गर्नु भयो भने निर्वाचनमा मेरो जित सुनिश्चित छ’, नेता चौधरीले भने । उनको प्रतिस्पर्धा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग हुँदै छ ।
त्रिपाठीलाई नेकपा एमालेले समेत समर्थन गरेको छ । २०७४ सालको निर्वाचनमा पनि त्रिपाठी एमालेको सहयोगमा निर्वाचित भएका थिए।




















प्रतिक्रिया