Logo

प्रमुख समाचार

माओवादी केन्द्रले घोषणापत्र सोमबार सार्वजनिक गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आमनिर्वाचनका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार २१:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।