Logo

स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु



बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोेरोना निको भएको जानकारी दिए ।

यससँगै हालसम्म निको हुनेको कुल  संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

यस्तै  पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १६:४१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।