काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारको उकालो यात्रै निरन्तरता पाएको छ । तिहार र छठपछि पहिलो दिन सोमबार खुलेको बजार दोहोरो अंकले बढेको थियो । आज मंगलबार पनि सेयर बजारमा आज उछाल आएको छ ।
यस नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । निरन्तर घटिरहेको बजार बढेसँगै लगानीकर्तामा थोरै भएपनि उत्साह थपिएको छ ।
यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९०.९९ बिन्दुमा उक्लिएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेको हो ।
यता ठूला तथा अलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ बिन्दुमा उक्लिएको छ । लामो समयदेखि एक अर्ब पनि पुग्न हम्मेहम्मे कारोबार रकम पनि आज एक अर्ब नाघेको छ । आज यूक अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस नेप्सेमा सूचिकृत १३ वटै सूचकमा हरियाली छाएको छ । आज अन्य समूहको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । त्यसैगरी फाइनान्स, लगानी, हाइड्रो व्यापार, विकास बैंक लगायत समूहका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।
यस कारोबार आएकामध्ये ३ कम्पनीको मात्र सेयर मूल्यमा गिरावट आएको छ । आज १८१ कम्पनीको सेयरमूल्य बढेको छ ।
यस दिन न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर २८८ रुपैयाँ २० पैसा पुगेको छ । त्यसैगरी, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो इनर्जी, दिब्यश्वरी हाइड्रोपावर लगायत कम्पनीको सेयरमूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
आज विशाल बजार कम्पनी, सयपत्री हाइड्रोपावर रे जनउत्थान सामूदायिक लघुवित्तको सेयर मूल्य भने घटेको छ । मंगलबार पनि एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकले ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँको कारोबार गरेको छ ।
त्यसैगरी, सर्वाधिक कारोबार गर्ने कम्पनीमा नबिल बैंक, शिवम सिमेन्ट, रिडी हाइड्रोपावर, एभरेष्ट बैंक रहेका छन् ।




















प्रतिक्रिया