Logo

Sports

एनपीएल : सुदूरपश्चिमलाई फाइनल पुग्न १३४ रनको लक्ष्य



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो । सुदूरपश्चिमका स्कट कुईगलेनले ३,थारिन्दु रत्नाएकेले २ विकेट लिए ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो ।

आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।