Logo

प्रमुख समाचार

मोटरसाइकलमै बसेर मतदाता भेट्न टोलटोल पुग्छन् उम्मेदवार पन्त



धनगढी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो पक्षमा माहोल सिर्जना गर्न उम्मेदवारहरु सवारी साधनको प्रयोग गरिरहेका छन् । उम्मेदवारका पछाडि नेता कार्यकर्ताहरु पनि कार जीपमा सवार हुँदै प्रचार प्रसारमा गइरहेका छन् । तर कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का लोकतान्त्रिक–बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्त भने मोटरसाइकलमै मतदातालाई भेट्न धनगढीका टोलटोलमा गइरहेका छन् ।

उम्मेदवार पन्त धनगढीका ग्रामिण तथा शहरी क्षेत्रका टोल बस्तीमा जाँदा अर्काको मोटरसाइकलको पछाडि बस्ने गरेका छन् । जनताको सेवा गर्न आएको भन्दै गाडीको लोभ लालच नभएकाले आफू मोटरसाइकलमै मतदाताबीच गहिरहेको उनले बताए ।उनले पहिलेको जस्तो मत माग्ने विधि नै परिवर्तन भएको र अहिले टोल–टोलमा जानुपर्ने भएकाले सकेसम्म पैदल नत्र मोटरसाइकलकै प्रयोग गरिरहेको बताए ।

‘धनगढीका नजिकका बस्तीमा जाँदा पैदल पनि हिँड्छु, नभए मोटरसाइकलमै हो जाने,’ उनले भने, ‘फुलबारीसहित टाढाका ग्रामिण क्षेत्रमा भने कहिलेकाँही गाडीको प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर अधिकांश समय म मोटरसाइकलमै हुन्छु ।’ मोटरसाइकलमा हुँदा जहाँ जतिखेर पनि रोकेर मतदातालाई भेट्न सहज हुने गरेको उनले बताए ।

लोकतान्त्रिक–बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार पन्त र प्रदेश (१) का रमेश धामी र प्रदेश (२) का उम्मेदवार प्रकाश देउवाले प्रचार–प्रसारलाई तीब्रता दिएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १५:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।