Logo

प्रमुख समाचार

हालसम्म प्राप्त राजनीतिक उलब्धिहरुका लागि रास्वपाले दियो कांग्रेस, एमाले र माओवादीलाई धन्यवाद



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी धन्यवादका पात्र रहेको जनाएको छ । आगामी निर्वाचनका लागि बिहीबार घोषणापत्र सार्वजनिक गर्दै रास्वपाले हालसम्म प्राप्त राजनीतिक उलब्धिको श्रेय यी दलहरुलाई दिएको हो ।

‘वाचापत्र’ भनिएको घोषणापत्रमा विभिन्न पार्टीहरुप्रतिको धारणा व्यक्त गरेको रास्वपाले यही कारणले पनि यी दलहरुलाई एकै समूहमा राख्नु उत्तम भएको जनाएको छ । रास्वपाले हाल सत्ता गठबनधनमा आबद्ध दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित एमालेलाई एकै समूहमा राखेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १३:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।