काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दैै बहुजन शक्ति पार्टीका मोरङ अध्यक्ष प्रतिनिधिसभा उम्मेदवार नारायण पासवानले उम्मेदारी फिर्ता लिएका छन् ।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पासवानले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् ।
साथै विज्ञप्तिमा आजैबाट पार्टीका सबै प्रतिनिधिहरु डा. कोइरालाको चुनावी अभियानमा जुटर उनलाई अत्यधिक मतबाट विजय गराउन सक्रिय भएर लाग्नका लागि आह्वान पनि गरेका छ ।





















प्रतिक्रिया