काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चुनावी स्वाकार्थ लागि भौगोलिक अखण्डताको मुद्दा उछाल्नु फासिवादको यात्रा हुने टिप्पणी गरेका छन् ।
शुक्रबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले दार्चुलामा पुगेर गठबन्धनलाई लम्पसारवादी र कालापानीको क पनि उच्चारण गर्न नसक्ने भनी टिप्पणी गरेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । डा. भट्टराईले ट्टिमार्फत ओलीको नाम नलिई देशको भौगोलिक अखण्डताको मुद्दालाई कुनै दल विशेष वा व्यक्ति विशेषको मुद्दा बनाउन नहुने बताएका हुन् । उनले नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सनसमेत चेतावनी दिएका छन् ।
भट्टराईले भनेका छन्, ‘देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ । यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ । नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं ।’




















प्रतिक्रिया