काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत ‘ए माया जुनकिरी’काे म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र अनुषा अधिकारीको जोडी बाँधिएको छ ।
गोविन्द कँडेल ‘आँशु’को शब्द रचना तथा दिपक शर्माको संगीत रहेको गीतकाे म्युजिक भिडियाे अभिनेता श्रेष्ठकाे जन्मदिनकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे ।
सार्वजनिक गीतको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन् । राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।
बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो उत्कृस्ट बनेको निर्माण पक्षकाे दाबी छ । भिडियो रामकृष्ण ढकालको आफ्नै यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
हेर्नुहाेस् भिडियाे





















प्रतिक्रिया