Logo

राजनीति

युवा नेता रवि किरणले अघि सारे पूर्णबहादुर खड्कालाई भोट हाल्नुपर्ने ५ कारण



सुर्खेत । युवा नेता रविकिरण हमालले नेपाली काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्काको पक्षमा मत मागेका छन् । केही समय अगाडि मात्र एमाले परित्याग गरेका रवि किरण गृह जिल्ला सुर्खेत पुगेर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्कालाई भोट हाल्नुपर्ने ५ कारण उल्लेख गर्दै भोट मागेका हुन् ।

हमालका अनुसार यस्ता छन् पूर्णबहादुर खड्कालाई भाेट दिनुपर्ने कारण
१, सुर्खेत जिल्ला र कर्णाली प्रदेशको राष्ट्रिय राजनीतिमा सशक्त उपस्थितिको लागि ।
२, सन्त नेता कृष्णप्रसाद भट्टराईले लिएको राजनैतिक संस्कारलाई जीवन्त राख्नका लागि।
३, विकास र समृद्धिको दृष्टिकोणले पछाडि परेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राख्नका लागि ।
४, लोकतान्त्रिकरणकाे अभियानलाई तीव्रता दिनका लागि ।
५, नेपाललाई कथित कम्युनिष्टकाे गोल्चकरबाट मुक्त गर्नका लागि ।

नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्का र एमाले उम्मेदवार ध्रुव कुमार शाही बिच आगामी प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार २०:०८   :  बजे

651
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।