Logo

मनोरञ्जन

आलिया भट्ट डेलिभरीका लागि अस्पताल भर्ना



काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट डेलिभरीका लागि अस्पताल भर्ना भएकी छिन् ।

आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी हुन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् ।

पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । यसै वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो ।

आलिया अस्पताल भर्ना भएपछि अहिले उनका परिवार र आफन्त त्यहाँ पुगिरहेका छन् । आलिया अस्पताल पुगेपछि उनका बुवाले तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

‘नयाँ सूर्योदयको पर्खाइमा छु । जीवनको ताजा र नयाँ चम्किलो शीतको थोपा’ महेश भट्टले भनेका छन् । यसअघि आलियाले आफू अस्पतालमा रहेको तस्वीर सेयर गर्दै आफूहरुको बच्चा चाँडै आउन लागेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १४:०७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।