काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट डेलिभरीका लागि अस्पताल भर्ना भएकी छिन् ।
आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी हुन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् ।
पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । यसै वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो ।
आलिया अस्पताल भर्ना भएपछि अहिले उनका परिवार र आफन्त त्यहाँ पुगिरहेका छन् । आलिया अस्पताल पुगेपछि उनका बुवाले तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।
‘नयाँ सूर्योदयको पर्खाइमा छु । जीवनको ताजा र नयाँ चम्किलो शीतको थोपा’ महेश भट्टले भनेका छन् । यसअघि आलियाले आफू अस्पतालमा रहेको तस्वीर सेयर गर्दै आफूहरुको बच्चा चाँडै आउन लागेको उल्लेख गरेकी थिइन् ।





















प्रतिक्रिया