Logo

राजनीति

भौतिक संरचना हटाउन अटेर गरेपछि झपाकाे कनकाईमा चल्यो डोजर



झापा । झापाको कनकाई नगरपालिकाले सडक क्षेत्रभित्र परेका भौतिक संरचना हटाउन सुरु गरेको छ । सुरुङ्गा बजारपूर्व झापा रोड सडकखण्डमा सडकको जग्गा अतिक्रमण गर्दै बनाइएका भौतिक संरचना हटाउन सुुरु गरिएको हो ।

नगरपालिकाले गत असोज १४ गते नै ३५ दिने सूचना जारी गर्दै सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो ।

झापा रोड सडकखण्डको स्तरोन्नति सुरु भएसँगै नगरपालिकाले नगरक्षेत्र भित्र बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । सडकको जमिन मिचेर बनाइएका भौतिक संरचना नहटाइएपछि नगरपालिकाले डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार २०:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।