Logo

राजनीति

विष्णु पौडेललाई एकता अभियानको समर्थन



बुटवल । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही–२ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले  समर्थन गर्ने निर्णय भएको बताए । 

पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति भएको उनको भनाइ छ । 

नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही–२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे ।  वामदेव गौतमको अभियान  अहिले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छैन । रुपन्देही–२ मा एमालेका उम्मेदवार पौडेल र सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टीका केशव थापाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।