Logo

प्रमुख समाचार

बिनोद चौधरीलाई विजय गराउन बिक्रम खनालको आव्हान



नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पूर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आव्हान गरेका छन् ।

आज नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताएका हुन् ।

कांग्रेसका युवा नेता समेत रह्ेका खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भएपनि अब सवै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए ।

खनालले सो अवसरमा भने “विनोद चौधरी पार्टीको उम्मेदवार हो पार्टीको उम्मेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पूर्ण कार्यकर्ताले गैरभको अनभुती गर्नेछौ ।

कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउंपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस अघी बिक्रम समुहले चौधरीलाई सहयोग नगर्ने आशंकाका विच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आम कार्यकर्तामा उत्साह देखिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १८:३३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।