Logo

राजनीति

प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण



सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ । 

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।

प्रचण्ड सचिवालयका अनुसार हेलिकोप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको छ । 

प्रचण्ड आज कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १०:४४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।