काठमाडाैं । गायिका तथा संगीतकार सुशिला बरालकाे नयाँ गीत ‘यो सास अल्झियो’ सार्वजनिक भएकाे छ । गीतमा स्वर, शब्द तथा संगीत बरालकै रहेको छ । महाराज थापाले संगीत संयोजन गरेको गीत मेलोडीयस बनेको छ।
निरन्तर संगीत क्षेत्रमा काम गरि रहेकी बरालका अझै केही नयाँ गीतहरु सार्वजनिक हुने तयारीमा रहेका छन् । दर्शक श्रोताको साथ रहेसम्म नितांतर नेपाली गीत संगीतमा नै केहि गर्ने योजना रहेको उनले बताइन् ।
राज पोखरेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । भिडियोमा गायिका स्वयम् फिचर्ड छिन् । भिडियो सुशिला बराल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।





















प्रतिक्रिया