बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।
‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छ’, मन्त्री गहतराजले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।’
आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके १ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका उनले भने, ‘बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भईसकेको छ । यहाँको बिकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’




















प्रतिक्रिया