सिम्ता । नेपाली कांग्रेसका पूर्व सुर्खेत जिल्ला उपसभापति टेक बहादुर सिंहले भोट माग्न थालेका छन् । सुर्खेत क्षेत्र नम्बर १ काे प्रदेशसभा १ बाट उम्मेदवारका आकांक्षी समेत रहेका सिंह पार्टी नेतृत्व सङ असन्तुष्ट भएर चुनावी अभियानमा लागेका थिएनन् ।
सिंह टिकट वितरणमा अन्याय भएको भन्दै पार्टी उपसभापति पूर्ण बहादुर खड्कासँग रुष्ट थिए । तर सोमबार नेपाली कांग्रेसले सिम्ता-२ काफलकोटमा आयोजना गरेको चुनावी कार्यक्रममा उपस्थित भएर सिंहले रुखमा भोट माग्न थालेका छन् । कार्यक्रममा उनले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आफू लाग्ने र कार्यकर्तालाई लगाउने बताए ।
असन्तुष्ट भएका नेता सिंह चुनावी अभियानमा लागेसँगै कार्यकर्तामा उत्साह थपिएको स्थानीय नेता मोहन रानाले बताए । कांग्रेस सुर्खेत जिल्ला उपसभापति समेत रहेको सिंह २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवार थिए । उनलाई तत्कालीन वाम गठबन्धनका उम्मेदवार ठम्मर विष्टले झिनो मतान्तरले पराजित गरेका थिए ।
अहिले उनै विष्ट र पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ‘सिंहको लागि यो उपयुक्त मौका हो, यसपटक कांग्रेसलाई जिताएर प्रतिद्वन्दी हराउने ऐतिहासिक अवसरको सदुपयोग सिंह जीले गर्नुपर्छ’ कांग्रेस नेता वीरेन्द्र रावतले भने ।




















प्रतिक्रिया