Logo

राजनीति

भूकम्प प्रभावितको उद्धार तथा राहतको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार, उपचार तथा राहतको उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाईतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन् । मंगलबार राति सुदूरपश्चिममा गएको भूकम्पमा पारी डोटीमा ६ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् । भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

  • याे पनि

डोटी भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ११:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।