दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन् ।
उनले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गरेका हुन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने,’ओलीले आफूले चुच्चे नक्सा बनाएँ भनेर हल्ला फिजाए । त्यो झुटो हो । मेरै पहलमा चुच्चे नक्सा बनेको हो ।’
उनले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन् ।
दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (१) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन् ।




















प्रतिक्रिया