काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार कुन्ती पोख्रेलले युवा नेतृत्वलाई विजय गराउन अपिल गरेकी छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति व्यांग्य गर्दै उनले भनिन्, ‘विदेशी प्रधानमन्त्री आउँदा ¥याल चुहाएर बस्ने, मंसिर ४ मा हुने चुनावलाई मंसिर ६ गने भन्ने । यसले के देखाउँछ भने शरीरसँगै उहाँको दिमाग पनि बुढो भइक्यो । अझै यी यस्तैलाई चुन्ने होर ?’
त्यसैले अब यी पुस्ताका नेताहरुले विश्राम लिने बेला भइसकेको पोख्रेलले बनाइन् । ‘त्यस कारण पनि हामी जस्ता युवाले चुनाव जित्न आवश्यक छ भनेको हुँ’, उनले भनिन् । पत्रकारहरुसँग कुराकानी
गर्दै उनले हजुरबा पुस्ताको नेताहरुलाई पराजित गर्न आफू सक्षम रहेको बताइन् ।उनले भनिन्, ‘उहाहरुसँग लामो राजनीतिक अनुभव छ, सोझासाझा जनतालाई झुक्याएर चुनाव जितेका क्षणहरु पक्कै छन्, आफू हारिने डरले गठ
बन्धन गरेर सामदाम दण्ड भेद प्रयोग गर्न जान्नुहुन्छ होला तर एकपटक काठमाडौं २ मा आएर चुनाव लडेर देखाउनुस् ।’उनले काठमाडौं २ का जनताले ढाँटुवा र राष्ट्रघाती नेताहरुलाई हराउने उनले बताइन् । पोख्रेलले भनिन्, ‘उहाँहरु सोझासाझा जनता झुक्याउन विभिन्न क्षेत्र चाहार्ने, विभिन्न प्रलोभन देखाएर जनताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् । तर अब जनताले पत्याउने छैनन् ।’




















प्रतिक्रिया