काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिन नै जय नेपाल र लालसलाम एकैठाउँमा आएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार प्रतिस्थापन गर्ने क्रममा एक ठाउँमा उभिएका सत्तारुढ दलहरु आगामी ४ मंसिरमा हुने आमनिर्वाचनमा पनि वाम–लोकतान्त्रिक गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् ।
अहिले विभिन्न ठाउँमा हुने संयुक्त चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले एकले अर्को दलले प्रयोग गर्ने शब्द उच्चरण गर्दै आएका छन् । आज (बिहीबार) पनि गोरखामा भएको चुनावी सभामा प्रचण्डले जय नेपालबाट सुरु गरेका थिए । त्यसक्रममा उनले बृहत् शान्ति सम्झौताकै बेला जय नेपाल र लालसलाम एक ठाउँमा आएको भन्दै अबको निर्वाचनमा पनि मिलेर अघि बढ्न कार्यकर्तालाई सुझाव दिए ।
“तपाईँहरुलाई लाग्छ होला जय नेपाल र लालसलाम कहिलेदेखि एकठाउँमा आयो होला ?”, “विस्तृत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेपछि शान्तिको नयाँ प्रक्रिया पनि सुरु भयो । देश त्यसपछि गणतन्त्रमा जाने प्रक्रिया सुरु गरिएको हो । जुनदिन गिरिजाप्रसाद कोइराला र मैले एउटै काजगमा हस्ताक्षर गर्यौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा उभिएका हुन् ।”उनले दुवै पार्टीका कार्यकर्ताले एक
अर्कालाई सहयोग गर्न आग्रह पनि गरे । “हामी भ्रममा नपरौँ । यो देशमा ठूला परिवर्तन जय नेपाल र लालसलाम मिलेरै भएका छन्,” उनले भने, ‘गिरिजाबाबु र मैले हस्ताक्षर गरेको दिनबाट मैले पनि रुखमा भोट हाल्न सुरु गरेको हो । गिरिजाबाबुले पनि हँसिया हथौडामा भोट हाल्न सुरु गर्नुभएको हो ।’ अहिले पनि वाम लोकतान्त्रिक मिल्न नसके परिवर्तन उल्टिन सक्छने उनले बताए ।




















प्रतिक्रिया