Logo

खेलकुद

पाकिस्तानविरुद्ध खेल्ने नेपालको टोली घोषणा, किरण चेम्जोङ अटाएनन्



काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन् । किरण व्यवसायिक क्लब फुटबलका लागि भारतमा रहेका छन् । उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।मि

डफिल्डर आभास लामिछानेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु, डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का, मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आभास लामिछाने, फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १७:००   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।