Logo

मनोरञ्जन

‘हामी जनतालाई धेरै गार्हो छ’ सार्वजनिक (भिडियाेसहित) 



काठमाडौं । गायक रमण रेग्मीको ‘हामी जनतालाई धेरै गार्हो छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेग्मीको स्वर, शब्द र अभिनय रहेको म्युजिक भिडिायोमा उनलाई सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छन् भने केशवराज भट्टको निर्दशन रहेको छ ।

 गायनसँगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन, मेसो पा छैन, तिमीलाई भेटेदेखि लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामयिक समस्या देखाइएको छ ।भिडियोमा नवराज उप्रेतीको छायांकन, सविना कुँवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको श्रृंगार छ ।  

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १२:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।