Logo

राजनीति

काठमाडौं ५ की स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनालाई प्रचारप्रसार बन्द गर्न दबाब



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनालाई प्रचारप्रसार बन्द गर्न दबाब दिइएको छ । उम्मेदवारी दर्ता गरेकै दिनदेखि आफूलाई विभिन्न माध्यमबाट उम्मेदवार नबन्नु भनी दबाब आएको खुलासा गर्दै दर्शनाले अहिले पनि त्यो दबाब आइरहेको बताएकी छन् ।

उम्मेदवार दर्शनाले सामाजिक संजाल फेसबुकमा कुनै दल वा व्यक्तिको नाम नलिई भनेकी छन्, ‘ठूला पार्टी र पार्टीको खोल अढेका अन्यले मुख्य जानेको भनेकै जालझेल र प्रपञ्च रच्नु हो । म यी कुराहरुबाट टाढै रहेर काठमाडौं ५ बाट संसदमा सशक्त काम गर्ने प्रतिनिधि हुने हो ।’

त्यसअघि उनले भनेकी छन्, ‘उम्मेदवारी दर्ता गर्ने दिन देखि नै धेरैले उम्मेदवार नबन्नु भनी दबाब दिएका थिए । अझै मेरो मामाहरुलाई फोन गरी प्रचारप्रसार बन् गर्न भनिरहेका छन् । म यो चुनावमा स्वतन्त्र गैरदलीय उम्मेदवार हुँ र मैले समर्थन म स्वयंलाई गरेको छु ।’

विवेकशी साझाकी पूर्व नेतृ दर्शनाले अहिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । २०७४ को स्थानीय चुनावमा उनी काठमाडौंको मेयर उठेकी थिइन्, तर नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् । उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १४:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।