Logo

प्रमुख समाचार

सत्तारुढ दलका शीर्ष नेताहरुको एक स्वर : ठबन्धन पछिसम्म रहिरहन्छ



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दुई÷तीन वटा चुनावसम्म गठबन्धन रहने दाबी गरेका छन् । भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनका संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई खेलौना ठानेको हुँदा गठबनधन बनेको बताए ।

‘लडाइँ गरेर ल्याएको गणतन्त्र, संघीयता र राष्ट्रिय एकता जोगाउन आवश्यक छ । त्यसको लागि गठबनधन बनेको हो’, उनले भने, ‘अझै लामो समय गठबन्धन चाहिन्छ ।’

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक दुर्घटना र प्रतिगमनको खतरा रहने बेलासम्म गठबनधन कायम राख्ने बताए । उनले आउँदो चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउने दाबी पनि गरे ।

गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन लामो समयसम्म रहने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार २०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।