Logo

खेलकुद

सन् २०२७ काे यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने



काठमाडौं । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेका हो ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । जसअनुसार २०२४ को विश्वकप श्रीलंका, २०२५ को मलेसिया र थाइल्याण्डले संयुक्त आयोजना गर्ने छन् भने २०२६ को विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ११:३०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।