काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानले टिम घोषणा गरेको छ । पाकिस्तान फुटबल फेडेरेसनले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।





















प्रतिक्रिया