Logo

खेलकुद

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानद्वारा टिम घोषणा



काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानले टिम घोषणा गरेको छ । पाकिस्तान फुटबल फेडेरेसनले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १४:२६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।