काठमाडाैं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर (Election Offer) ल्याएको छ । यस अफरमार्फत अझ सस्ताे दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ ।
डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याकजम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ । यी प्याकहरु जुनसुकै समय (All Time) प्रयोग गर्न सकिन्छ ।
यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । आगामीमंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको प्रवक्ता शोभन अधिकारीले बताए ।





















प्रतिक्रिया