Logo

राजनीति

नेता होइन राष्ट्र सेवक भएर काम गर्नका लागि मेरो उम्मेदवारी : कुन्ती पोख्रेल



काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोख्रेलले आम मतादातामाझ आफू नेता बन्नको लागि नभई राष्ट्र सेवक भएर काम गर्न चुनाव लडेको बताएकी छन् । उनले काठाडौं २ शखंरापुर नगरपालिका–२ का मतदातासँगको भेटघाटका क्रममा यस्तो बताएकी हुन् ।

पाख्रेलले मतदाता नेताकार्यकर्ताको आम समर्थन बढिरहेको जिकिर गर्दै आफू जित्नेमा विश्वस्त रहेको बताइन् । ‘म नेपालमा कहिल्यै पनि नेता बन्ने छैन’, उनले भनिन्, ‘तपाईँ आममतादाताले जिताउनुभयो भने म राष्ट्र सेवकभएर काम गर्नेछु । तपाईँहरुकै घर आगनमा आएर हामी काम गर्नेछौं ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १६:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।