Logo

खेलकुद

विश्वकपका लागि इरान टोलीको घोषणा



काठमाडौं । कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक कार्लोस क्वीरोजले आइतबार राति एसियाली देश इरानको अन्तिम टोली सार्वजनिक गरेका हुन् । प्रशिक्षक कार्लोसले टोलीमा निकारागुआविरुद्धको खेलमा चोट बोकेका ओमिद इब्राहिमीलाई समेटेका छैनन् । 

इरानले विश्वकपअघि कतारको दोहामा ट्युनिसियासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको छ । विश्वकपमा इरान समूह ‘बी’ मा रहेको छ । यस समूहमा इङ्ल्यान्ड, वेल्स र अमेरिका रहेका छन् । इरानले मङ्सिर ५ गते इङ्गल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

इरानी टोलीको गोलरक्षकमा अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड छन् । रक्षकहरूमा एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली छन् ।

यस्तै मिडफिल्डरहरुमा भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी तथा स्ट्राइकरहरुमा करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी छन् ।एजेन्सी

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:३९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।