काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतृ एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाका लागि अर्की अभिनेत्री करिश्मा मानन्धरले भोट मागेकी छन् । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका बेला नेकपा एमालेको कट्टर समर्थक करिश्माले रेखालाई खुलेरै भोट मागेकी हुन् ।
कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् । ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो’, करिश्माले भनेकी छन्, ‘यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’
करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् । रेखासहित अन्य कलाकार पनि यतिबेला चुनावी मैदानमा छन् ।




















प्रतिक्रिया