काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट ‘हेभीवेट’हरुसँग चुनावी प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार पुकार बम कलाकारहरुको राजाइँमा परेका छन् । नेपालको समुन्नतिको मुख्य बाधक भएको भ्रष्टाचार हो भनदै महानायक राजेश हमालले पनि उम्मेदवार बम जस्तै युवाबाट मात्र सम्भव हुने बताए ।
हमालको शुभेक्षा लिन पुगेका काठमाडौं १ का उम्मेदवार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाँउमा नयाँ पुस्ता पुग्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा काठमाडौं १ मा उम्मेदवार रहेका बमले विचारमा स्पष्ट र नियतमा सफा युवाहरु यसपटक संसदमा जानुपर्ने भन्दै महानायक हमालसँग शुभेक्षा मागेका थिए ।
यसअघि बमलाई चलचित्र निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई र कलाकारहरु रविन्द्र सिंह बानिया, निर्मल शर्मालगायतले समर्थन गरेका थिए । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गाेविन्द केसी पनि उम्मेदवार बमकै पक्षमा उभिएका छन् ।




















प्रतिक्रिया