Logo

प्रमुख समाचार

भोजपुरवासीलाई प्रचण्डले भने– सुदन किरातीलाई जितेर पठाउनुस्, रोजेको मन्त्रालय सुम्पिन्छु



भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोजपुरबाट सुदन किरातीलाई जिताएर पठाए रोजेको मन्त्रालय सुम्पिने बताएका छन् । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताएका हुन् ।

‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरु सुदनलाई जिताएर पठाउनुस् ।’ भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार २१:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।