Logo

खेलकुद

मैत्रीपूर्ण खेलमा जर्मनीको कठिन जित



काठमाडौं । जर्मनीले कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा कठिन जित हात पारेको छ । उसले गएराति घरेलु टोली ओमानविरुद्ध १–० को कठिन जित हात पारेको छ  । 

सुल्तान काबुस स्पार्ट्स कम्प्लेक्समा जर्मनीलाई जित दिलाउन निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औं मिनेटमा काइ हाभर्टेजको पासलाई सदुपयोग गरेका हुन् । 

कतार विश्वकप २० नोभेम्बरबाट सुरु हुनेछ । समूह ‘ई’ मा स्पेन, जापान र कोस्टारिकासँगै रहेको जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्व खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:१६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।