धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्रमा आज (बिहीवार) देखि मतदान अधिकृतहरु खटिएका छन् । कैलालीमा ५ वटा निर्वाचन क्षेत्र रहेकोमा सबै निर्वाचन क्षेत्रहरुमा मतदान अधिकृतहरु खटिएका हुन् ।
जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृतहरु खटिइसेकेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद भट्टले बताए । भोलिदेखि मौन अवधि लाग्ने भएकाले आजैदेखि मतदान अधिकृतहरु मतदान केन्द्रमा गइसकेको उनले बताए ।
‘आजदेखि मतदान समाग्री लिएर मतदान अधिकृतहरु मतदान केन्द्रमा खटिसेकेका छन्,’ उनले भने, ‘मतदान अधिकृतहरुले भोलि र पर्सी मतदान केन्द्रको निर्माण गर्नुहुन्छ ।’ टाढाका मतदान स्थलहरुमा आजै मतदान अधिकृतहरुले मतदान सामाग्री लिएर गइसकेको उनले बताए ।




















प्रतिक्रिया