Logo

खेलकुद

यूएईविरुद्ध नेपाल बलिङमा



काठमाडाैं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गरिरहेकाे हो ।

नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्दैछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ ।

तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ११:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।