Logo

प्रमुख समाचार

गठबन्धनका उम्मेदवारविरूद्ध लागेको आरोपमा कांग्रेसका ३ नेता निलम्बित



काठमाडौं । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ ।

मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिडेको उजुरीको आधारमा उनीहरूलाई निलम्बन गरिएको कांग्रेसले बताएको छ । 

कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गरेर पार्टी सदस्यसमेत नरहने गरी उनीहरुलाई निलम्बन गरिएको बताएका छन् ।

निलम्बनमा पर्नेहरूमा बारा जिल्लाका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् । 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १४:२८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।