Logo

प्रमुख समाचार

मतदान गर्दा उत्साहित छु, जीत सुनिश्चित छ : पम्फा भुसाल



उर्जामन्त्री तथा ललितपुर ३ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।   उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन्। मतदान गरेपछि भुसालले भनिन्, ‘मतदान गर्दा उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ। निर्वाचनले सबैलाई उत्साह दिएको छ । ‘  उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की उम्मेदवार छन्।


प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।