Logo

गण्डकी प्रदेश

कास्की-२ (१) मा राप्रपाको अग्रता



कास्की । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  १२ : ४३ बजे