Logo

प्रमुख समाचार

सिन्धुली-२ मा १६ सय मतसहित राजन दाहालको अग्रता



सिन्धुली २ मा लेखनाथ दाहाल (राजन) ले सुरुदेखि नै अग्रता कायमै गरेका छन् । माओवादीका दाहालले एमालेका मनोज जंग थापालाई एक हजार ६ सय २१ मत अन्तरले पछि पारेका छन् ।

८ हजार ९ सय ८७ मत गणना सम्पन्न हुँदा दाहालले ५ हजार १२ मत पाएका छन् भने थापाले ३ हजार ३ सय ९१ मत पाएका छन् ।

यस्तै राप्रपाका भिष्मराज श्रेष्ठले ३८, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले १, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ४८ र स्वतन्त्र उमेदवार भुपेन्द्र विश्वकर्माले ‘पुतली’ चिन्हमा ४२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रको प्रदेश सभा ‘क’ र ‘ख’ दुबैमा गठबन्धन दलका उमेदवार नै अघि देखिएका छन् । ‘क’ मा नेपाली कांग्रेसका क्षेत्र बम्जनले नेकपा एमालेका विनोदकुमार खड्कालाई दुई हजार ४ सय ३० मत अन्तरले पछि पारेका छन् । बम्जनले ५ हजार ५ सय २० मत प्राप्त गर्दा खड्काले ३ हजार ९० मत मात्र पाएका छन् ।

यस्तै प्रदेश सभा ‘ख’ मा पनि गठबन्धन दलतर्फबाट साझा उमेदवार नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठले अग्रता कायम गरिरहेका छन् ।

श्रेष्ठले एमालेका रामकुमार पौडेललाई एक हजार ६ सय ३४ मत अन्तरले पछि पारेका छन् । ८ हजार ९ सय ८७ मत गणना हुँदा श्रेष्ठले ५ हजार ६५ र एमालेका पौडेलले ३ हजार ४ सय ३१ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:४७   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।