आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ ।
अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ ।
निर्वाचन क्षेत्रहरू काठमाडौं-१, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ ।
काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले ७१४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले ७०११ मत पाए ।
त्यस्तै नेपाली कांग्रेसले मनाङमा पनि जीत हासिल गरेको छ । मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २२४७ मत पाए ।
मुस्ता- १ मा पनि नेपाली कांग्रेसका योगेश गौचन थकालीले जितेका छन् । उनले ३९९२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए ।
त्यस्तै नेकपा एमालेका प्रेमलाल महर्जन पनि निर्वाचित भइसकेका छन् । ललितपुर- २ बाट निर्वाचित उनले १५०२५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत पाए ।




















प्रतिक्रिया