Logo

प्रमुख समाचार

ललितपुर–१ मा केहि मत गन्न बाकि, १७७ मतले राणा अगाडि



ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् ।

राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् ।

यहाँ २२ हजार ६४० मत खसेको थियो । यसअघि २०७४ को निर्वाचनमा यो क्षेत्रबाट सिलवाल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।