Logo

अनलाइनपाना खोज

प्रधानमन्त्री उद्घोष गरेका गगन विजयी, को हुन् आशा जगाउने नेता गगन ?

ह्याट्रिक गरेका गगन जसलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो



काठमाडाैं । प्रधानमन्त्री बन्न पनि मैले जित्न आवश्यक छ भन्दै मतदाताका घरघरमा पुगेका गगन थापा विजयी भए । झापाबाट विश्वप्रकाश शर्मा र काठमाडौँबाट गगन थापाले जीते मात्र प्रधानमन्त्री बन्न सक्ने उद्घोष काँग्रेसका दुबै युवा नेताले गर्दै आएका थिए । शर्मा जित नजिक छन्, थापाले जित निकाले ।

कांग्रेस महामन्त्री गगन थापा ७ हजार ७ सय ४८ को मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईमाथि मतगणनाको सुरुवाती चरणदेखि नै हाबी हुँदै थापाले सहज जित निकालेका हुन् ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ मत ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।

जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए ।

बाल्यकालका गगन र पारिवारिक पृष्ठभूमिः

सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापाका नाति तथा महेन्द्र कुमार थापा र रामेश्वरी थापाको सुपुत्रका रुपमा गगनको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको थियो । उनको बाल्यकालका केही समय सिन्धुपाल्चोकमा बितेको थियो । उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए । गगनका एक दाजु र दुई भाइ छन् । दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन । गगनले सिद्धार्थ वनस्थली हाइस्कूलमा पढे । त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर–इन्जिनियर बन्ने नै थियो । परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो । २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए । त्यतिबेला उनी कक्षा ९ मा पढ्थे । तर, राजनीतिमा लाग्ने सोचाइ थिएन ।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम सुरु गरेका थिए । संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गरेका हुन् । संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले पटक पटक भन्दै आएका छन् ।

गगनको राजनीति प्रवेशः

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि गगन विद्यार्थी संगठनमा लागे, नेविसंघको सदस्य भए । २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्यसपछि उनको जीवनको लक्ष्य नै मोडियो । उनले राजनीतिमा आफ्नो भविष्य खोजन थाले । त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा लागे गगन । उनी नेविसंघको उपाध्यक्ष हुँदै महामन्त्री बने । एमालेको अल्पमतको सरकार भएको बेला गगन जीवनकै पहिलो पटक २०५१ सालमा हिरासत बसे ।

त्यस समय गृहमन्त्री वर्तमान एमाले अध्यक्ष केपी ओली थिए । नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो । त्यसपछि गगन झण्डै १० पटक जेल परे । २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा समेत लाग्यो । त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो । माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन । उनी पक्राउ पर्दै छुट्दै गरिरहे ।

लोकतान्त्रिक आन्दोलनमा उनीको अर्को परिचय थपियो, प्रखर बक्ता । उनको लोकप्रिय छविको चारैतिर प्रशंसा भयो । नेपालि काँग्रेस को १३ औ महाधिवेशनबाट उनी महामन्त्री बने ।

स्वास्थ्य मन्त्री हुँदा गगनः

उनी प्रचण्ड मन्त्रिपरिषद्, २०७३मा स्वास्थ मन्त्री थिए । स्वास्थ्य मन्त्री हुँदा उनले गरेका कामले उनलाई अझ चर्चा बटुल्न मद्दत ग¥यो । मन्त्री हुनासाथ धेरैले पद प्राप्तिमा हतार गरेको टिप्पणी गरे, तर उनको नेतृत्वमा देशको स्वास्थ्य सेवामा सुधार हुने आशा गर्नेहरू पनि थिए । सरकारले अस्पताल र स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको एकदशक पुग्न लागेको थियो । पटक–पटक यस्ता घोषणा दोहोरिए, तर दुई वर्षदेखि औषधि खरीद नै रोकिएको थियो । गगन स्वास्थ्यमन्त्री भएपछि पुन सो कार्यक्रम सुचारु गराए, गाउँ–गाउँमा औषधि पु¥याए ।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै उनले औषधि खरीदको प्रक्रियागत झ्न्झ्टमा नपरी सीधै औषधि खरीद गर्न सक्ने अख्तियारी दिंदै क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरूलाई रु.३१ करोड १५ लाख र जिल्ला अस्पताललाई रु.१८ लाखदेखि रु.८० लाखसम्म निकासा गरेका थिए ।
मन्त्रालयले औषधि खरीदका लागि छुट्याइएको रु.१ अर्ब ५० करोडमध्ये रु.५१ करोड त्यसरी उपलब्ध गराइएको थियो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल प्रमुखलाई १५ दिनको सूचना निकालेर औषधि खरीद गर्न र सबै स्वास्थ्य संस्थामा अविलम्ब औषधि पु¥याउन मन्त्रालयले निर्देशन दियो । आपत्कालीन सेवाका लागि रु.५ लाख बराबरको औषधि सीधै खरीद गर्ने अख्तियारी समेत अस्पतालहरूलाई दिइयो । उनी मन्त्री भएकै बेलादेखि थापाको सक्रियताको परिणाम अहिले सबै जिल्लामा औषधिहरू पुगेको छ ।

सो बेला उनले गरेका केही महत्वपूर्ण काम

– गंगालाल अस्पतालको मुटुरोग सम्बन्धी सेवा नेपालगञ्ज र जनकपुरमा विस्तार ।
– नेपालगञ्जमा सुशील कोईराला प्रखर परोपकार क्यान्सर अस्पताल स्थापनाको घोषणा ।
– मिर्गौला प्रत्यारोपण हुने सबै अस्पतालमा निःशुल्क प्रत्यारोपण ।
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गंगालाल हृदय रोग केन्द्र र मनमोहन कार्डियो थारोसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बाथ मुटु रोगीको निःशुल्क उपचार ।
– मिर्गौला रोगीलाई डायलासिस सुविधा दिने सबै सरकारी अस्पतालमाबाट निःशुल्क डायलासिस सेवा ।
– मानवअंग प्रत्यारोपण केन्द्रमार्फत कलेजो प्रत्यारोपण सेवा शुरु ।
– कडा मानिने आठरोगमा दिँदै आएको सहुलियत रकम १२ रोगसम्मलाई दिने व्यवस्था । यस्तो रोग लागेका विपन्न बिरामीलाई रु पाँच लाखसम्म आर्थिक सहायता दिने प्रस्ताव ।
– प्रर्बद्धनात्मक स्वास्थ्य सेवालाई जोड दिदै ५० ठाउँका स्वास्थ्य चौकीमा शुरु गरिएको ‘पेन प्रोग्राम’ थप एक हजार स्वास्थ्य चौकीमा विस्तार गरिने ।
– प्रत्येक जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण शुरु गरिने ।
– मिर्गौला रोग लागे÷नलागेको थाह पाउन देशभरका स्वास्थ्य चौकीबाट ‘बिट स्टिक’ परीक्षण सेवा शुरु ।
– काठमाडौंका १३ ठाउँमा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र स्थापना गरिदै ।
– काठमाडौंका प्रमुख अस्पताल र अञ्चल अस्पतालसहित देशभरका ४२ जिल्ला अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन ।
– सेवाका आधारमा अस्पतालको वर्गीकरण गर्ने काम शुरु ।
– बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा नगर अस्पताल स्थापना गर्ने निर्णय ।
– लोकसेवाबाट उत्तिर्ण मेडिकल अधिकृत(आठौँ तह) देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा पदस्थापनाको प्रक्रिया शुरु ।
– देशका थप ६५ ठाउँमा शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना हुँदै ।
– ‘हेपाटाईटिस सि’को निःशुल्क उपचार गर्ने निर्णय ।
– मानसिक रोगी, बेवारिसे, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैगिंक हिंसा पीडित, महिला स्वयंसेविका र विपद्बाट प्रभावितको जिल्ला, अञ्चल र केन्द्रीय अस्पतालबाट निःशुल्क उपचार गर्ने निर्णय ।
– विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला प्रत्यारोपण र हेपटाइटिस सीको उपचार पूर्णरुपमा निःशुल्क गर्ने तयारी ।
– जिल्ला र अञ्चल अस्पतालमा अपुग विशेषज्ञ डाक्टर पुरा गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, चिकित्सा शास्त्र अध्ययन संस्थान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहमति ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ११ : ३६ बजे